काठमाडौं। नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक सय ५ जना अधिकरीहरु आजबाट ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका छन् ।
तत्काललाई ३० वर्षे अवधि कायम नहुने भएपछि आइतबारबाट एकै साथ नेपाल प्रहरी तर्फ ८९ जना र सशस्त्र प्रहरीतर्फ १६ जना अधिकृतहरुको अवकामा गएका छन्।
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले ३० वर्षे हटाउन दिएको अन्तरिम आदेश शुक्रबार संयुक्त इजलासबाट खारेज भएसँगै ३० वर्षे नै कायम हुँदा उनीहरुले आइतबारबाट एकसाथ अवकाश पाएका हुन्। उनीहरुको शुक्रबार र आइतबार विदाई गरिएको छ।
सर्वोच्चका न्यायाधीश विनोद शर्मा र शारंगा सुवेदीको संयुक्त इजलासले सरकारको भ्याकेट निवेदनमा माग भए अनुसार गत बिहीबार न्यायाधीश फुयालको एकल इजलासले गरेको अन्तरिम आदेश खारेज भएको हो।