काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फेसबुक पेजबाट नेकपा (एमाले) लुम्बिनी प्रदेश सांसद रेखा शर्माको फोटो सहितको स्ट्याटस हटाएका छन्।
एमाले सांसद शर्माले बालशोषण गरेको र उनलाई पक्राउ गर्नुपर्ने भन्दै आइतबार स्ट्याटस राखेका थिए।

‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर, एक जना नबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ। काठमाडौँ महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन। अदालतले पनि मुद्दा चलाऊ भनेर भनिसकेको छ। सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू,सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ। सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला। कहिले समाउनेरु कि नसमाउने ?,’ उनको स्ट्याटसमा उल्लेख थियो।

मेयर बालेनले उक्त स्ट्याटस माइक्रो ब्लगिङ साइट एक्समा पनि राखेका थिए। एक्समा भने उक्त स्टाटस हटाइएको छैन।

तर फेसबुकबाट मेयर शाहले उक्त स्ट्याटस हटाएका छन्। उनले किन स्टाटस हटाए भन्ने खुलिसकेको छैन।
सांसद शर्माको घरबाट महानगरले एक जना नाबालिका घरेलु बालश्रमिकको उद्धार गरेको थियो।
सांसद शर्माले बालिकालाई २०७५ वैशाखमा काठमाडौं ल्याएकी थिइन्।
कक्षा दुईदेखि सातसम्म उनकै घरम बसेर पढेकी बालिकालाई कुटपिट गरेको उजुरीपछि महानगरले उद्धार गरेको बताउँदै आएको छ। बालिका अहिले महानगरकै संरक्षण छिन्।

मेयर बालेनले यसअघि पनि ‘सिंहदरबार जलाउँछु’ भन्दै फेसबुकमा स्ट्याटस राखेका थिए। अघिल्लो वर्षको भदौमा राखिएको सो स्ट्याटस पनि उनले हटाएका थिए।

आजको मौसम: यी स्थानमा बर्षाको सम्भावना

ट्रेकिङ एजेन्सिज एसोसिएसनको प्रथम उपाध्यक्षमा लम्साल निर्वाचित

Related Posts