झापा । डेंगी संक्रमणका कारण झापामा दुई जनाको मृत्यु भएको छ।
स्वास्थ्य कार्यालयका डेंगी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेंगीबाट मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का आठ वर्षीय आलोकजंग बस्नेत छन्।
झापामा साउन १ गतेयता संक्रमितको संख्या १२८ पुगिसकेको छ। झापामा साउन १ गते यता सबैभन्दा धेरै विर्तामोडमा ८१ जनामा डेंगीको संक्रमण भेटिएको छ।
त्यसपछि दमकमा २२ जनामा संक्रमण पुष्टि भयो भने हल्दिबारीमा सातजना र भद्रपुरमा पाँचजनामा डेंगीको संक्रमण भेटिएको छ।