रेबिन्द्र कार्की 

बीरगंज । पर्सा जिल्लाका ग्रामिण भेगका चैते धान उत्पादन गर्ने किसानहरुले उत्पादित धानको लगानी अनुसारको धानको मुल्य नपाएकोमा ब्यापक गुनासो रहेको छ ।

ठोरी गाउँपालिका देखि पर्सागढी नगरपालिका सम्म उत्पादन भएको चैते धानको सरकारले तोकेको समर्थन मुल्य भन्दा झण्डै ३३ प्रतिशत कम मुल्यमा बिक्री गर्न बाध्य भएका छन्।

सरकारले हालै बसेको मन्त्रिपरिषदको बैठक बाट चैते धानको समर्थन मूल्य १८ प्रतिशत सम्म चिस्यान भएको धानको मूल्य २८ रुपैयाँ ६९ पैसा निर्धारण गरेको भएपनि स्थानीय स्तरमा कृषकहरूले चैते धान १० देखि १२ प्रतिशत सम्म चिस्यान भएको धान को प्रतिकिलो १७ देखि बढिमा १८ रुपैयाका दरले बिक्री गरिरहेका छन्।

अघिल्लो आर्थिक वर्षमा सरकाले १८ प्रतिशत चिस्यान भएको चैते धानको प्रतिकिलो समर्थन मूल्य २७ रुपैया ७२ पैसा निर्धारण गरेको भएपनि प्रतिकिलो २६ रुपैया सम्म किसानले पाएका थिए। अघिल्लो बर्षको तुलनामा यसबर्ष दु:ख गरेर उत्पादन गरेको चैते धानको मूल्य किसानले नपाएकाले किसन सरकार संग दुखि: भएका छन्।

सरकारले निर्धारण गरेको समर्थन मुल्यमा कि त सरकारले खरिद गर्दिनु पर्दथ्यो ? या त सरकारले आफुले निर्धारण गरेको समर्थन मुल्यमा ब्यपारी लाई खरिद गर्ने बाताबरण तयार गर्दिनु पर्ने थियो , भन्ने तमाम किसानहरुको गुनासो रहेको छ । अहिलेको यो सरकारले किसान लाई झुक्याउन र सस्तो लोकप्रियताका लागि मात्र यो चैते धानको समर्थन मुल्य तोकेको हो भन्ने निस्कर्षमा किसान पुगेका छन् ।

कृषि प्रधान देशमा किसानले उत्पादन गरेको चैते धान लागत पनि नउठ्ने गरी बिक्री गर्नु पर्दा आफुहरु कृषिमा पनि ठगिएको महसुस गर्दै खेतीपाती तर्फ किसान दिन प्रतिदिन निरास बन्दै जान थालेका छन्।

यसले किसानलाई निरास मात्रै बनाउँदैन खेतीप्रति नै वितृष्णा जन्मायो भने खेती गर्ने किसानको संख्यामा कमि हुदै जाने र कृषि उत्पादन बिस्तार लोप हुने तर्फ पनि सबैले चेतना पुर्याउन जरुरी छ ।

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गुन्जियो टेक तामाङ सांगीतिक साँझमा डेढ दर्जन गायक गायिकाको सुमधुर स्वर