काठमाडौं : अमेरिकाको भर्जिनियामा सोमबार बिहान (स्थानीय समयअनुसार) छत्रबहादुर थापाले सात जुनीसम्म सँगै जिउने कसम खाएर सिन्दुरले सजाएकी श्रीमती बिन्दा र आफैंले जन्माएकी छोरी ममताको ह*त्या गरे । श्रीमती र छोरीलाई एकै निमेषमा संसार छुटाएका छत्रको कु*कर्मको सुइँको पाएपछि ज्वाईं सन्तोषले प्रहरीलाई खबर गर्दै आफू पनि घरभित्र प्रवेश गरे । तर, जुन ससुराले जल खाएर छोरीको जिम्मा लगाएका थिए, त्यही छोरीको सिन्दुरलाई पनि ज्या*न लिने उद्देश्यसहित प्र*हार गरे । तर, त्यही बेलामा प्रहरी आएपछि उनी रोकिए ।

प्रहरी आएपछि पनि ह*तियार नछाडेका छत्रले प्रहरीको आदेशको अवज्ञा गरेपछि प्रहरीले उनलाई घ*टनास्थलमै ‘इन्का*उन्टर’ गर्यो र सन्तोष र १ वर्षे नातीको ज्या*न बचायो । छत्रले श्रीमती र छोरीको ज्या*न लिएका थिए भने ज्वाईं र नातीलाई बचाउँदै प्रहरीको कारबाहीमा उनले पनि ज्या*न गु*माए ।

विदेशी भूमिमा आफ्ना बाबुआमालाई लिएर गएका छोरा छोरीले उनीहरुको मानसिक अवस्थाको समेत ख्याल गर्नुपर्ने बेला देखिएको छ । सुनिए अनुसार उनी मानसिक रूपमा अस्वस्थ्य भएको जनाइएकाे छ । तर त्यसका लागि सम्बन्धित परिवारले बिचार गर्नु पर्ने बेला भएकाे छ । यस्ता कहालीलाग्दाे घटनाले विदेशी भूमिमा रहेका अन्य नेपालीलाई समेत असर पक्कै पर्छ, त्यसैले बेलैमा सचेत हुनुपर्ने देखियो ।

ओखलढुंगामा अम्बिरबाबुलाई जिताउने चिसंखुगढीको अठोट

ओखलढुंगामा अन्य उमेदवारको तुलनामा अम्विरबाबु कै चर्चा धेरै