श्रीकान्त गुप्ता,  बारा । जिल्ला प्रहरी कार्यालय बाराले  बाराले नक्कली नोट सहित ३ जना पक्राउ परेका छन ।

बाराको महागढीमाई नगरपालिका वडा नं.२ स्थित बरियारपुर चोकमा लागु औषध खरिद बिक्रि र ओसार पसार कार्य भैरहेको विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण व्यूरो र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुक्त टोलीले नेपाली र भारतीय नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ ।पक्राउ परेका तीन जनालाई खानतलासी गर्ने क्रममा नक्कली नेपाली नोट रु१००० को १४६५  थान, रु १०० को  ७४६  नक्कली भारतीय नोट ५००/- दरको २८४ थान, र  ५०/- को ७०६ थान रुपैया नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बारा का प्रबक्ता ले जनाएका छन् ।
पक्राउ पर्ने मा सिम्रौनगढ नगरपालिका वडा न ५ का मनोजकुमार साह ,आदर्शकोतवाल वडा न ६ का नरेन्द्रप्रसाद कुशवाहा र भारत बिहार मोतिहारी जिल्ला पूर्वी चम्पारण थाना झरौखर ग्राम कोरैया १० का सुधिरकुमार कुशवाहा रहेका बारा का प्रहरी प्रमुख कृष्ण पगेनी ले बिश्वास एफ एम लाई जनाएका छन्

प्युठानमा ट्याक्टर दुर्घटना, ७ जनाको मृत्यु

तनहुँमा छ चितुवाको मृत्यु, आठको उद्धार