काठमाडौं । अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर क्षेत्र डुबानमा परेको छ । बाढीका कारण बराही क्षेत्रका करिब तीन दर्जन घर डुबानमा परेको भक्तपुर नगरपालिकाले जनाएको हो

हनुमन्ते खोला आसपासको करिब एक किलोमिटर क्षेत्र डुबानमा परेको छ । बाढीले वडा नम्बर १, ३ र ४ क्षेत्र बढी प्रभावित बनेका छन् । राममन्दिर बाराहीस्थानदेखि डाक्टर इवामुरा मेमोरियल अस्पताल सल्लाघारी क्षेत्रमा रहेको करिब नौ सय रोपनी धानबाली डुबानमा परेको छ । हनुमन्तेमा आएको बाढीले बाराही पुल थुनिएपछि खेत र बस्तीमा बाढी छिरेको प्रहरीले जनाएको छ ।

यता, मनहरा खोला र बागमति नदिको संगम स्थल शंखमुल क्षेत्रमा पनि बागमतिले सतह पार गरेको छ । बागमति नदिको बाढीले शंखमुल पार्क, योगा पार्क, युएन पार्क क्षेत्र डुवानमा परेको छ । शंखमुल क्षेत्रमा बागमतीको पानीले बागमती करिडोर छोएकाले सडक किनारमा खोला हेर्नेको भिड समेत लागेको थियो । लगातार वर्षा आइरहने हो भने बागमती छेउछाउको वस्ती डुवानमा पर्ने प्रहरीले जनाएको छ ।

झापाका अहिलेसम्मका सङ्क्रमित ३१६, २९५ निको भएर घर फर्के

पहिरो तथा पुलमा क्षति पुगेपछि मुग्लिन–नारायणगढ सडक अझै पूर्णरुपमा अवरुद्ध