पुष्कर भट्ट, कञ्चनपुर ।
विप्लव समूहले सुदूरपश्चिम बन्द गरेको छ । कैलाली प्रहरीले धनगढी उपमहानगरपालीका वडा नम्बर ७ वेलीबाट विप्लव समूहका केन्द्रिय सदस्य तथा सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) की सेती महाकाली व्युरो ईन्चार्ज पुर्णीमा भन्ने गौरा धामीलाई पक्राउ गरेको बिरोधका बन्द आह्वान गरेको हो ।

यस्तै कैलालीका विभिन्न स्थानमा शंकास्पद बस्तु फेला परेका छन् । धनगढीका चार स्थानमा शंकास्पद बस्तु राखेको जनाइएको छ । जसमध्ये चार स्थानमा राखिएका शंकास्पद बस्तु नेपाली सेनाले निस्क्रिय पारेको छ । बिप्लव समूहले सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्बाधार विकास मन्त्रालयसंगै अमित मेडिसन डिष्टिव्युटर्सलाई लक्षित गरी राखेका शंकास्पद बस्तु सेनाको टोलीले मंगलबार बिहान निस्क्रिय पारेको हो ।

यता, कैलालीस्थित घोडाघोडी नगरपालिकाको गाडीमा पनि आगजनी गरिएको छ । नगरपालिकाको से १ झ २४१ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूले आगजनी गरेको प्रहरीले जनाएको छ । सोमबार राति करिब ११ बजे गाडीमा आगजनी भएको हो । आगो समयमै नियन्त्रणमा आउँदा ठूलो क्षति हुन नसकेको प्रहरीले जनाएको छ ।

शिद्धमर्थ राजमार्गका दर्जनौ ठाउँमा पहिरो 

भदौ १ गतेदेखि विद्यालय भर्ना कार्यक्रम सुरु