काठमाडौं, ७ भदौ ।
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी वा तिजको अन्तिम दिन आज नेपाली नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।
महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।
बढदो कोरोना संक्रमणलाई ध्यान दिदै रोगको जोखिमलाई कम गर्न सरकारले तिजको अवसर स्नान गर्न खोला किनारमा भिडभाड गर्न समेत प्रतिबन्ध लगाएको छ।महिला दिदिबहिनीहरु आजका दिनमा विभिन्न खोला किनारमा गई स्नान गरि यो पर्व मनाउने र स्नान गरेपछि घरमा ब्राम्हण बोलाई पुजा गरि दान दक्षिणा दिने गर्दछ्न।