भाद्र १५ ,काठमाडौं,
काठमाडौं महानगरपालिकाका मेयर बिधासुन्दर शाक्यलाई कोरोना संक्रमणको पुस्टी भएको छ। दुई दिनअघी स्वाब दिएका मेयर शाक्यलाई आज आएको पिसिआर रिपोर्टमा कोरोना संक्रमण देखिएको हो।
लकडाउन खुलेसङै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। मेयर शाक्य अब आफु होम अैसोलेसनमै बसेर नियमित काम तथा बैठकमा सहभागी हुने जानकारी दिनुभएको छ।