१७ भदौ, काठमाडौं ।

सरकारले उपत्त्यकामा जारी निषेधाज्ञा थप एक साताको लागि लम्ब्याएको छ। आज गृह मन्त्रायलका पदाधिकारी
संगको छलफल पश्चात उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो। साबिकको निर्णयलाई निरन्तरता दिंदै एक साताका लागि निषेधाज्ञा थप गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो। उनका अनुसार यो निषेधाज्ञा २४ गते राती १२ बजेसम्म रहन्छ।

सरकारले यसपटक भने निर्माण सामाग्री पसल, उक्त सामाग्री बोकेका साधन तथा सरकारी पास र भन्सार पास भएका साधनलाई समेत आवतजावतमा रोक लगाईेएको छैन। यस्तै टेकवे, होम डेलिभरीलाई समेत खुल्ला गरिएको छ। यसपटक केही सेवालाई सञ्चालनका लागि छुट दिइएको छ ।

बुधवार थपिए कोरोनाका ११२० जना संक्रमित

मानव सेवामा निरन्तर लागिरहेका अबिचलित योद्दा- ओसिम आलम