शंखरापुर नगरपालिका वडा नं १ लामबिसौनामा अवस्थित नविन ग्राम मा. बि. मा नयाँँ ८ कोठे पक्की भवन बन्ने भएको छ। आज बिद्यालयमा आयोजित एक कार्यक्रममा काठमाडौं जिल्ला भवन कार्यन्वयन इकाईका प्रमुख अर्जुन रायमाझीले सो कुराको जानकारी गराउनुभएको छ।सो अवसरमा प्रमुख रायमाझीले नेपाल सरकारले अबको केही बर्षमै काठमाडौंका सबै बिधालयले भुकम्प प्रतिरोधी पक्की भवन पाउने जानकारी दिनुभयो।

भदौ २५ काठमाडौं।

 

करीव ३ करोड लागानिमा निर्माण हुन लागेको उक्त भवन ४ तलाको ८ कोठे हुने र उक्त्त योजनामा खानेपानी तथा बिधालय क्षेत्रमा तारबार समेत गरिने सो अवसरमा आयोजनाका प्राबिधिक केशव गिरिले जानकारी दिनुभयो। उक्त भवन अपाङ्गमैत्री तथा शौचालय समेत रहने सो अवसरमा जानकारी दिइयो। खानि निर्माण सेवाले भवन निर्माण जिमा पाएको र यो योजनाको निर्माण सम्पन्न समयमै सम्पन्न गर्ने समेत सो अवसरमा कम्पनिका प्रतिनिधि कमल चौलागाई ले जानकारी दिए।
बि स २०१७ सालमा स्थापना भएको यस बिधालयमा हालसम्म पक्की एउटा पनि पक्की भवन नभएको यस अवस्थामा यो भवन निर्माण संगै अव बिधालयको शैक्षिक गुणस्तर सुधार्नु महत्वपूर्ण रहेको प्रधानआध्यापक गुरुप्रसाद दंगालले जानकारी दिनुभयो।


त्यसैगरी शंखरापुर नगरपालिका मेयर सुबर्ण श्रेष्ठले यो भवन निर्माण सँगै आफ्नो कार्यकालमा शंखरापुरका प्राय बिधालयले पक्की भवन पाएको र बांकीमा पनि अन्य भौतिक तथा शैक्षिक गुणस्तर सुधारमा निरन्तर लागिरहेको जानकारी दिनुभयो। उक्त कार्यक्रममा बिधालय ब्यब्स्थापन समितिका अध्यक्ष दिपक दंगाल, पुर्व अध्यक्ष बिदुर प्रसाद दंगाल तथा राजेन्द्र दंगाल, वडा सद्स्य मधु केशव तिमल्सिना, अभिभावक तथा अन्य सरोकारवालाको उपस्थित थियो।

स्कुस खेतिबाट मनग्य आम्दानी गर्दै शंखरापुरका किसान 

२ हजार रुपैयाँमा पिसिआर परिक्षण गर्दै कागेश्वोरी मनोहरा नगरपालिका