असोज ५ काठमाडौं।

अनेरास्ववियू , काठमाडौं जिल्ला कमिटिले यही असोज १० शनिबार नेकपा पार्टी कार्यालय,धुम्बाराहीमा १ दिने खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ।। कोरोना भाईइरसका कारण काठमाडौं उपत्यकामा बढ्दो रगत अभावलाई ध्यान दिदै सो कार्यक्रम आयोजना गर्न लागिएको अनेरास्ववियू , काठमाडौं जिल्ला कमिटिका सहसंयोजक राजकुमार लामिछानेले जानकारी दिनुभयो।

 

उक्त कार्यक्रमका प्रमुख अतिथी,नेकपा केन्द्रिय सदस्य एवम् काठमाडौं जिल्ला कमिटी सचिव हिमाल शर्मा रहने बताइएको छ। ।अनेरास्वबियू, काठमाडौं जिल्ला कमिटिले सबै सर्बसाधारण महानुभावलाई सो दिन रक्दान गर्नका लागि  अनुरोध समेत गरेको छ।अनेरास्ववियू सधैं जनताको जीवनसंग प्रत्तक्ष चासो राख्ने संगठन भएकाले यो कार्यक्रम आयोजना गर्ने लागेको समेत सहसंयोजक लामिछानेले बताउनुभयो।

रक्तदान कार्यक्रम सम्पन्न

जहरसिंहपौवा- फट्केश्वोर सडकका लागि दोश्रो बोलपत्र आह्वान