असोज ११, काठमाडौं।
महानगरिय प्रहरी प्रभाग साँखुका प्रमुख, प्रहरी निरिक्षक गोबिन्द पन्थी आज (आईतबार) साँखु कार्यालयबाट बिदा भएका छन। २०७६ साल भदौ ४ गते महानगरीय प्रहरी प्रभाग साँखुमा प्रमुखको भूमिकामा आएका पन्थी १३ महिना ७ दिन पछी आज प्रहरी प्रधान कार्यालय नक्सालमा सरुवा भएका हुन।
गत आइतबार प्रहरी प्रधान कार्यालयले पन्थी सहित ४८८ जना प्रहरी निरिक्षकको सरुवा गरेको थियो। साँखुमा रहेर ब्यबसायिक प्रहरीको छबी बनाएका पन्थी गत बर्ष राष्ट्रपती बिद्यादेवी भण्डारीबाट प्रवल जनसेवाश्री पदकबाट समेत बिभुषित भएका थिए। अत्यन्तै मिलनअसार तथा स्थानियविच लोकप्रिय पन्थी यस प्रभागमा आएपछी यहाँको सुरक्षा ब्यवस्था निकै राम्रो भएको र अव आउने अधिकृत सामु समेत चुनौती रहेको स्थानिय समाजसेवी एल. पी श्रेष्ठ बताउँनुहुन्छ। पछील्लो पटक काठमाडौंका बिभिन्न प्रभागबाट प्रमुख प्रहरीप्रधान कार्यालयमा तानिदा समेत निरिक्षक पन्थीले आफुलाई अब्बल साबित गरेका थिए।
केहि दिन अगाडी मात्र शंखरापुर नगरपालिकाले निरीक्षक पन्थीलाई कोरोना महामारी तथा नगरापालिकाको शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा महत्वपुर्ण भूमिका खेलेको भन्दै २५ हजार नगद तथा प्रसंशापत्र सहित सम्मान गरेको थियो |