असोज ७ काठमाडौं।
कृषि र पर्यटनलाई समृद्धिका आधारहरु तय गरेको शंखरापुर नगरपालिकाका अधिकांश भूभागहरु कृषिका लागि उर्वर छन्।पर्यटनको लागि पनि उत्तिकै सम्भावना बोकेको यो नगरपालिकामा बज्रयोगिनी मन्दिर, मणिचुड क्षेत्र, शिवपुरी राष्ट्रिय निकुन्जको झुले,जहरसिंह पौवा तथा सिमानामा नगरकोट,चिसापानी तथा सुन्दरीजल पदमार्ग जस्ता ठाउँहरू पर्दछन। यि ठाँउहरु पर्यटकीय आकर्षणका दृष्टिकोणले महत्वपूर्ण मानिन्छन। हाल यस क्षेत्रमा साना ठूला गरी करिब ४० होटल तथा रिसोर्टहरु सञ्चालमा आएका र यो क्षेत्रमा २ अर्ब बराबरको लगानी रहेको शंखरापुर होटल एसोसिएसनका महासचिव सूर्यमान तामाङ बताउँछन्।
काठमाडौं उपत्यकाबाट कारीव ३० किलोमिटर दुरिमा रहेको शंखरापुर नगरपालिकाको जहसिंहपौवा,देउराली ,झुले तथा कात्तिके क्षेत्रमा आन्तरिक तथा बाह्र्य पर्यटकलाई लक्षित खुलेका होटेलहरुले पर्यटकलाई चियाइरहेका छ।सक्दो लगानी र मेहनत स्वदेशमै गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन काभ्रे पाँचखालका नविन हुमागाई।
१५ रोपनी जग्गा लिजमा लिएर काठमाडौं, शंखरापुर नगरपालिकाको जहरसिंहपौवामा जहरसीं रिसोर्ट संचालन गर्न लागेका उनले निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए।करिव ५ करोड लगानिमा संचालन हुन लागेको उक्त होटेलमा २२ वटा सुबिधा सम्पन्न कोठा रहने छन। १०० जनासम्म अटने हल तथा १ हजार जनासम्मको पार्टी गर्ने सकिने समेत हुमागाइ बताउछन।काठमाडौं उपत्यकालाई नजिकबाट अवलोकन गर्ने सकिने यस होटलमा साउना , स्टिम तथा ज्याकुजिको समेत ब्यबस्था रहने समेत उनी बताउँछन। यसका साथै चिल्ड्रेन पार्क, झरना तथा अन्य सुबिधा समेत रहेको छ।उक्त होटेल पूर्ण रुपमा संचालनमा आएपछी होटेल ब्यबस्थापनामा दक्षता भएका स्थानिय ३० देखी ३५ जनालाई रोजगारी प्रदान गर्ने योजना रहेको उनी बताउँछन। कोरोना महामारिका कारणले थालिएको पर्यटन ब्यवसायमा उनको यो लगानिले केही आशा पलाएको स्थानिय होटल ब्यबसायीहरु बताउँछन।
सका साथै युवा उधमी हुमागाँईले गण्डकी प्रदेशको लमजुङ जिल्लामा ४०० रोपनी जग्गामा ‘आरभा नेपाल मर्डन अग्रिकल्चर फर्म” समेत संचालन गरेका छन। यसका साथै युवा उधमी हुमागाँईले गण्डकी प्रदेशको, लमजुङ जिल्लामा ४०० रोपनी जग्गामा उक्त कम्पनिका डाइरेक्टर रहेका उनले भबिष्यमा कृषि तथा पर्यटनमा राम्रो रोजगारी सृजना गर्ने योजना रहेको समेत हुमागाइ सुनाउछन। । हुमागाईको समूहले उक्त आधुनिक कृषि फर्ममा ३० हजार लेयर्स र २५ हजार बोयलर्स कुखुरा पालेका छन। ग्रीनहाउस संचालन समेत संचालन गरेको उक्त्त कम्पनिले यहाँँ बिभिन्न प्रकारका तरकारी समेत् उत्पादन गरिरहेका छन।यो सालमात्र १०० भन्दा बढी युवालाई कृषि तालिमका लागि इजरायल लानका लागि उनको कम्पनी र त्यहाँको पररास्ट्र मन्त्रालयविच सम्झौता समेत भैसकेको र कोरोना महामरिका कारणले लान नसकिएको उनी बताउछन् |
निकट भबिष्यमा १०० गाई र माछापालनको समेत योजना उक्त्त कम्पनिले बनाएको छ।हामीले आफुसंग उपलब्ध श्रोत र साधनमात्र परिचालन गरेर कृषिमा समेत राम्रो आम्दानी गर्ने सकिने उनी बताउँछन।कृषिमा आश्रित हाम्रो मुलुकको जनसंख्यालाई ब्यबसायिक कृषिमा लगाउन सके मुलुक सम्रिद्दिको यात्रामा लाग्ने उनी बताउँछन।