असोज १८,काठमाडौँ |
कृषिमन्त्रि घनश्याम भुषालले हिजो (शनिबार) मेलम्ची नगरपालिका, वडा नं १ को भोटेचौर स्थित सूर्यमुखी साना किसान कृषि सहकारी को अवलोकन गर्नु भएको छ| साथै उहाले भोटेचौरका युवा व्यवसायी महेश चौलागाई लगायतका युवाहरुले गरेको किबी खेतीको समेत सो अवसरमा अवलोकन गर्नुभएको छ|भोटेचौर तथा हैबुङ्गमा करिव २०० रोपनी क्षेत्रफलमा गरिएको किबी खेति नेपालकै ठुलो मध्येमा पर्छ| उक्त्त कार्यक्रममा कृषि सहकारी संघका केन्द्रीय अध्यक्ष खेम पाठक तथा नेपाल टेलिभिजनका पत्रकार दिपक समीरको समेत उपस्थिति रहेको थियो|
कृषिमन्त्रि भूषाललाई सूर्यमुखी साना किसान कृषि सहकारीका अध्यक्ष तथा नेकपा सिन्धुपाल्चोक जिल्ला कमिटि सदस्य मित्रलाल चौलागाई तथा भोटेचौर स्थित नेकपाका अन्य कार्यकर्ताले स्वागत गरेका थिए | सो अवसरमा कृषिमन्त्री भुसालले कृषि क्रान्तिमार्फत नै देशको आर्थिक समृद्धि सम्भव रहेको र यसका लागि सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो| सो अवसरमा मन्त्रि भुषालले यस क्षेत्रका किसानको जीवनस्तर उकास्नाका लागि सूर्यमुखी साना किसान कृषि सहकारीले पुर्याएको योगदानको खुलेर प्रसंसा गर्नुभयो |