असोज २० काठमाडौँ |
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा )को भातृ संगठन अनेरास्ववियू ,सिन्धुपाल्चोक जिल्लाको एकता परक्रियाले आज (मंगलबार )पूर्णता पाएको छ| आज एक कार्यक्रमका बिच अनेरास्ववियू सिन्धुपाल्चोक संयोजक मिलन लामा तथा सहसंयोजक हिरा चौलागाईले एक कार्यक्रमका बीच सो घोषणा गर्नुभएको हो |संगठनमा लामो समयदेखि क्रियाशीलता र दुवै संगठनको भावनालाई एकताको आधार बनाइएको सहसंयोजक चौलागाईले टेलिफोन मार्फत समुदायखबरलाई जानकारी दिनुभयो |यसअघिनै जिल्ला संयोजक तथा सहसंयोजक टुंगिसकेको छ | ७ जनाको कार्यालय सदस्य तथा २१ जनाको सचिवालय रहेको उक्त्त कमिटीमा करिव ४० जना सदस्य रहेका छन् |