असोज २१ काठमाडौँ |

यहि असोज २२ गते (बिहिबार) पूर्व प्रधानमन्त्री तथा  नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा साँखु , फट्केश्वोर ,बाहुन्नीपाटी सडक(बैकल्पिक सहायक राजामार्ग) को निर्माण कार्यको सुभारम्भ हुने भएको छ | शंखरापुर नगरपालिकाको आयोजनामा सो कार्यक्रम हुन लागेको हो |  पुर्व  कानुन मन्त्रि तथा नेकपा युवा नेता शेरबहादुर तामाङ्ग तथा बाग्मती प्रदेश संसद मणिराम फुयाल तथा मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल समेत उक्त कार्यक्रमा  अतिथिको रुपमा सहभागी हुने बताइएको छ | सो कार्यक्रम बिहान ८:०० बजे जहरसिंह पौवामा हुने छ |

 

करिव १३ किलोमिटर लम्बाई रहेको यस सडकमा आर्थिक बर्ष  २०७७/ ७८ मा  बहुबर्षे योजनाका लागि करिव ३५ करोड बराबरको ठेक्का निस्किएको छ | उक्त ठेक्का निस्किए सँगै सिन्धुपाल्चोक जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको यो सडक बन्ने पक्का भएको छ। यस सडकमा बजेट सुनिस्चितताका लागि पूर्व प्रधानमन्त्री  माधव कुमार नेपालको नेतृत्वमा पुर्व  कानुन मन्त्रि तथा नेकपा युवा नेता शेरबहादुर तामाङ्ग,शंखरापुरका मेयर सुबर्ण श्रेष्ठ तथा यहाका  सामाजिक अगुवाहरुले लामो समयदेखि धेरै दुख गरेका थिए| अब यस सडकमा करिव ६० करोडभन्दा बढी बजेट बिनियोजन बहिसकेको छ|

टुंगियो अनेरास्ववियू सिन्धुपाल्चोकको एकता प्रक्रिया

साँखु – फट्केश्वोर -बाहुनेपाटि सडक निर्माण कार्यको सुभारम्भ कार्यक्रम सम्पन्न