कार्तिक १ ,काठमाडौँ |

साँखु – फट्केश्वोर -बाहुनेपाटि  सडक मनमोहन लोकमार्गको निर्माण कार्यले गति लिएको छ|आज (शनिबार ) सो सडक अन्तरगत जहरसिंहपौवा देखि सडकको  क्षेत्राधिकार (ROW) भित्र पर्ने ५ /५ मिटर साइट क्लियर गर्ने कामको सुरुवात भएको हो|  सडक सरोकारवालाहरुको बाक्लो उपस्थितिबीच आज भएको सो अभियानसंगै अब यस सडकलाई १० मिटर चौडाई गर्ने कामको शुरुवात भएको छ| शंखरापुर नगरपालिकाको प्राबिधिक  तथा नगर प्रहरीको टोलि  सहित भएको सो कार्यक्रम भोलि पनि निरन्तर चल्ने बताइएको छ| शंखरापुर नगरपालिका वडा नं १ तथा ३ का वडा सदस्यहरु, नेकपाका नेताहर, मनमोहन लोकमार्ग सरोकार समितिका अध्यक्ष,  निर्माण व्यवसायीको उपस्थिति थियो| सडक बिस्तार गर्न स्थानीय आफै फित्ता लिएर फिल्डमा निस्केका थिए|

करिव १३ किलोमिटर लम्बाई रहेको यस सडकमा आर्थिक बर्ष  २०७७/ ७८ मा  बहुबर्षे योजनाका लागि करिव ३५ करोड बराबरको ठेक्का निस्किएको छ |१० मिटर फराकिलो हुने उक्त सडक  करिव ७ मिटर चौडा सडक   (असफाल्ट पिच )कालोपत्र हुने  काठमाडौँ,  सडक  डिभिजनका  इन्जिनियर रामचन्द्र फुयालले जानकारी दिनुभयो | यो सडक सम्पन्न भएपस्चात  सिन्धुपाल्चोक जिल्लाका जोडने सबैभन्दा छोटो  दूरीको यो सडक बन्ने छ। यस सडकमा बजेट सुनिस्चितताका लागि पूर्व प्रधानमन्त्री  माधव कुमार नेपालको नेतृत्वमा पुर्व  कानुन मन्त्रि तथा नेकपा युवा नेता शेरबहादुर तामाङ्ग,शंखरापुरका मेयर सुबर्ण श्रेष्ठ तथा यहाका  सामाजिक अगुवाहरुले लामो समयदेखि मेहनत  गरेका थिए |यससंगै यो सडकमा करिव ६० करोडभन्दा बढी बजेट बिनियोजन भैसकेको छ|बाटो फराकिलो  बन्ने भएपछी आज उपस्थित उपभोक्ता अत्यन्तै खुसि देखिन्थे|

 

 

 

 

कोरोना संक्रमणबाट शंखरापुरमा १ जनाको मृत्यु

रअका प्रमुखसंग मेरो भेट भएको छैन ,माधब नेपाल