काठमाडौँ ,१७ कार्तिक|
काठमाडौ जिल्लाको उत्तर पुर्वी भेगमा अवस्थित पर्यटकीय स्थल शंखरापुर नगरपालिकाको जहरसिंहपौवामा विशिष्ट ब्यक्तिहरुको सालिक सहितको पार्क बन्ने भएको छ। हाल गणेशमान स्मृति प्रतिष्ठान रहेको ठाउमा पार्क बन्न लागेको हो।नेकपाका बरिस्ठ नेता माधब कुमार नेपाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई,बाग्मती प्रदेशका भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयाल, पुर्व सांसद तथा नेपाली काङ्ग्रेसका नेता दिपक प्रसाद कुइकेल तथा बाग्मती प्रदेश सांसद मणिराम फुयाल पर्यटन मन्त्रालयका सचिव यादव कोइराला, पुरात्व विभागका महानिर्देशक दामोदर गौतम, पर्यटन मन्त्रालयका सहसचिव रुद्र सिंह तामांङ्ग तथा स्थानीय विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा शंखरापुर नगरपालिकाका जनप्रतिनिधिको उपस्थिती थियो।
आ. ब. २०७७/७८ का लागि संघिय तथा प्रदेश सरकारबाट करिव १ करोड ८० लाख बजेट बिनियोजन भएको यस योजनाका लागि आज स्थलगत अनुगमन तथा छलफल कार्यक्रम सम्पन्न भएको हो। शंखरापुर नगरपालिकाका प्रमुख सुबर्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शंखरापुर नगरपालिका उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडा, नगर प्रवक्ता तथा वडा नं ८ का अध्यक्ष हितमान तामाङ वडा नं १ का अध्यक्ष श्याममणि ढुंगाना, वडा नं ३ का अध्यक्ष सन्त बहादुर वाइबाको उपस्थिति थियो।
कार्यक्रममा बोल्नुहुदै पूर्व प्रधानमन्त्री माधब कुमार नेपालले शंखरापुर नगरपालिकाको जहरसिंहपौवा आन्तरिक तथा बाह्य पर्यटनको उदगम थलो भएको बताउदै यसको बिकासका लागि सबैजना लाग्नु पर्ने बताउनुभयो।त्यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यस योजनाका लागि अनगिन्ती ठाउँहरु हेरेतापनी आफ्नो मन्त्रालयको रोजाईमा जहरसिंह पौवा नै परेको बताउनुभयो। त्यसैगरी बाग्मती प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामेश्वोर फुयालले अब यो योजना अगाडि बढिसकेको र संघिय, प्रदेश तथा स्थानीय सरकारको सहकार्यमा मात्र यो योजना सम्पन्न हुने बताउनुभयो।त्यसैगरी संबिधानसभा सद्स्य तथा नेपाली काङ्ग्रेसका नेता दिपक प्रसाद कुइकेलले सबै राजनितीक दल तथा स्थानीय जनसमुदायको साथ र सहयोगमा मात्र यो योजना पूरा हुने बताउनुभयो।साथै यस योजना सम्पन्न भएसङै यहाँका जनताको मुहार फेरिने बताउनुभयो। शंखरापुर नगरपालिका प्रमुख सुबर्ण श्रेष्ठले यो योजना सम्पन्न गर्ने शंखरापुर नगरपालिका जस्तोसुकै पहलकदमी लिन तयार रहेको र यस नगरपालिकालाई प्राथामिकातामा राखेकोमा सरोकारवाला सबैमा धन्यबाद तथा आभार ब्यक्त गर्नुभयो|