मंसिर १, काठमाडौ|

 

शंखरापुर नगरपालिका वडा नं ८ का दानबिर स्व.पूर्व उपप्रधानपन्च कृष्णवीर घ्लानको परिवारले दिएको  ७ आना  जग्गामा ८ नं वडा  कार्यालय भवन बन्ने भएको छउक्त्त भवनको यहि २०७७ कार्तिक २९ गते शंखरापुर नगरपालिका मेयर सुबर्ण श्रेष्ठले शिलान्यास गर्नुभएको हो । करिव ३ हजार जनसंख्या रहेको यस वडामा ८ देखि ९ सय घर छन। दक्षिणमा मनमत्ता खोलाबाट सिमाना शुरु हुने  यस वडाको उत्तरमा पर्यटनको प्रचुर सम्भावना बोकेको शिवपुरीको मणिचुड पर्दछ|

 साबिक बज्रयोगिनी गाबिसको ३ वटा  वडा मिलेर बनेको यो वडा इस्कुस खेतीका लागि प्रख्यात छ|उक्त कार्यालय  भवन भुल्बु, कार्किगाउँ र घुमारिचोकको केन्द्रमा निर्माण हुन लागेको हो| यो भवन सबैको पायक पर्ने मोक्तान टोलको लाहुरी  डाँडामा बन्न लागेको   वडा नं ८ का अध्यक्ष तथा नगर प्रवक्ता हितमान तामाङले जानकारी दिनुभयो।  भूकम्प प्रतिरोधी  ४ तले अत्याधुनिक  भवनमा करिव १५ कोठा रहने छ |

 

शंखरापुर नगरपालिकाको आ. ब. ७७/७८को लागि छुट्टिएको करिव १ करोड ९४ लाख बजेटमा निर्माण हुन लागेको उक्त कार्यालय भवनको निर्माणको जिम्मा तामाकोसि कन्स्ट्रक्सन कम्पनी प्रा. लि ले  पाएको र उक्त्त काम अबको  १५ महिनामा सम्पन्न  गरिसक्नु पर्ने शंखरापुर नगरपालिकाका प्राबिधिक बालकृष्ण मानन्धर बताउनुभयो| |हाल उक्त वडा कार्यालय भवन भाडाको घरमा राखिएको छ।उक्त कार्यक्रमा शंखरापुर नगर उपप्रमुख सुक्रलक्ष्मी श्रेष्ठ, नेकपा बागमती प्रदेश कमिटि सदस्य बुद्दभक्त चित्रकार,नेकपा काठमाडौँ  जिल्ला कमिटि सदस्य एल.पी श्रेष्ठ, कृष्ण बजगाई,राप्रपाका केन्द्रीय सदस्य रमेश नापित, नेकपा शंखरापुरका अध्यक्ष निरज के.सी तथा अन्य राजनीतिक दलका प्रतिनिधि तथा जनप्रतिनिधिको उपस्थिति थियो| उक्त कार्यक्रमको संचालन वडा नं ८ का वडा सदस्य तथा न्यायिक समिति सदस्य देबकृष्ण के.सिले गर्नुभएको थियो|

 

ढकमक्क फुलेको फूल (फोटो कथा)

आफ्नै सुबिधा सम्पन्न नयाँ भवनमा सर्यो मेलम्ची नगरपालिका