मंसिर ६, सिन्धुपाल्चोक |

कानुन,न्याय तथा संसदीय मामिला मन्त्री शेर बहादुर तामाङले सिन्धुपाल्चोक जिल्लाको मेलम्चि नगरपालिका देशकै एउटा महत्त्वपूर्ण नगरपालिका रहेको बताउनु भएको छ। देशै भरीका ७७ जिल्लाबाट राजधानीमा अस्थायी वा स्थायी बसोबास गर्ने राजधानीबासीहरुलाई पानी खुवाउन तयारी अबस्थामा रहेको मेलम्चि खानेपानी आयोजनाको मुहान हेलम्बु र दोस्रो चरणको आयोजना, याङ्री लार्केको मुहान रहेको पांचपोखरी थाङपाल गाउंपालिका तथा ईन्द्रावति गाउंपालिकाको समेत ब्यापारीक केन्द्रको रुपमा स्थापित मेलम्चि नगरपालिकाको आफ्नो छुट्टै रणनीतिक महत्व रहेको हुनाले मेलम्चि नगरपालिका देशकै एउटा महत्वपूर्ण नगरपालिका रहेको बिचार ब्यक्त गर्न भएको हो ।

हिजो (शुक्रबार) मेलम्चि नगरपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन समारोहमा  प्रमुख अतिथिको रुपमा मन्तव्य दिनु हुंदै उहांले उक्त बिचार ब्यक्त गर्नु भएको हो ।उक्त समारोहमा अव्यवस्थित सडकहरुको निर्माण सुरु भएकोले मेलम्चि बजार लगायत आसपासका महत्वपूर्ण पर्यटकीय गन्तब्यहरुमा आवतजावत गर्नका लागि अबको केहि बर्षभित्रैमा सहज हुने बिचार समेत ब्यक्त गर्नु भयो । सिन्धुपाल्चोक जिल्लाको उत्तर पश्चिमि भेगको मुख्य ब्यापारीक केन्द्रको रुपमा रहेको सो नगरपालिकाको प्रमुख प्रशासकी भवन समुद्घाटन समारोहको सभापतित्व उक्त नगरपालिकाका मेयर डम्बर अर्यालले गर्नु भएको थियो ।

उक्त अवसरमा नगरको प्रमुख आम्दानीको श्रोतको रुपमा रहेका क्रसर उद्योगलाई निस्चित समय दिएर स्थानान्तरण गरि ब्यबस्थापन गरिने र राज्यको चौथो अंगको रुपमा रहेको प्रेस जगतलाई सत्य तथ्यमा आधारित भएर समाचर सम्प्रेषण गर्न सुझाव समेत दिनु भएको थियो । उक्त समुद्घाटन समारोहमा नेकपा जिल्ला कमिटि अध्यक्ष झम्क नेपाल,प्रदेश सभा सदस्य ईन्द्रमायां गुरुङ,जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङ,पांचपोखरी थाङपाल गाउंपालिका प्रमुख टासि लामा,नेकपा नेता मित्रलाल चौलागाईं लगायत बिभिन्न दलका प्रतिनिधिले समेत शुभकामना मन्तव्य राख्नु भएको थियो ।

स्थानीयले दान दिएको जग्गामा बन्ने भयो शंखरापुर ८ को वडा कार्यालय भवन

चितवन घटना अराजक मानसिकताको उपज- पूर्व प्रधानमन्त्री खनाल