मङ्सिर १३, काठमाडौँ|
आज (शनिबार) नेकपा शंखरापुर नगर कमिटिको बैठक सम्पन्न भएको छ।नेकपा शंखरापुर नगर कमिटि अध्यक्ष निरज केसिको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा नेकपा बाग्मती प्रदेश कमिटी सदस्य तथा निर्वाचन क्षेत्र नं २का इन्चार्ज बुद्दभक्त चित्रकार तथा नेकपा बाग्मती प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रदेश निर्बाचन क्षेत्र `ख`का इन्चार्ज प्रकाश गौतम, काठमाडौं जिल्ला कमिटी कार्यालय सदस्य महेश्वर फुयाल नेकपा काठमाडौं जिल्ला कमिटी सचिवालय सस्दय कृष्णराज सुबेदी , राम प्रसाद खनाल ,नेकपा काठमाडौँ जिल्ला कमिटि सदस्य एल पि श्रेष्ठ, राजु दंगाल, ,तथा शंखरापुर नगरपालिका उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठ, तथा शंखरापुर नगरपालिकाका वडा नं २ का अध्यक्ष जीवन लामा, वडा नं ३ का अध्यक्ष सन्त बहादुर वाईबा तथा वडा नं ९का अध्यक्ष घनश्याम थापाको उपस्थिति थियो।
लामो रस्साकसीपछी आज सम्पन्न बैठकले नेकपा शंखरापुर नगर संगठन कमिटिको ५ सदस्य कार्यालय तथा २७ जनाको सचिवालय गठन भएको छ। नेकपा शंखरापुर नगर संगठन कमिटि अध्यक्ष निरज केसीले अब यो सङै नेकपा शंखरापुर नगर संगठन कमिटिले नयाँ गति लिएको र संगठन अघि बढेको कुराको जानकारी दिनुभयो।