मंसिर २२, काठमाडौँ|
खाडी मुलुक कतारलाई कर्मभूमि बनाई बस्नुभएका गैरआवासिय नेपालीहरुद्वारा सहयोग,सामाजिक न्याय र सदभाव भन्ने मूल अभिप्रायबाट स्थापित नेपालको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको संस्था सद्वाव युवा समाज कतार-नेपालद्वारा एक सामाजिक संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ|हाल नेपालमा समेत कार्यालय स्थापना गरेर मानव सेवा गरिरहेको उक्त संस्थाले विभिन्न पदाधिकारिको उपस्थितिमा आज एक कार्यक्रमका बीच काठमाडौँको मानव सेवा आश्रमलाई करिव १ लाख ११ हजार रुपैया आर्थिक सहयोग गरेको हो |
आफ्नो स्थापनाकालदेखिनै बिशेष खालको सामाजिक सेवाको अभियान संचालन गर्दै आएको यस संस्थाले समाजसेवी रामजी अधिकारीद्वारा स्थापित उक्त्त संस्थालाई यो रकम सहयोग गरेको हो| यस संस्थाद्वारा आज हस्तान्तरण गरिएको रकमलाई अक्षयकोषमा राखीने र यसको ब्याजबाट प्राप्त रकमलाई यस संस्थामा आश्रय लिईरहेका व्यक्तिहरुलाई एक बर्षमा एक पटक सद्दाव युवा समाजका पदाधिकारीको उपस्थितिमा भोजन गराईने सद्दाव युवा समाजका निबर्तमान अध्यक्ष समाजसेवी सन्तोष गुरुङ बताउनुहुन्छ| मानव सेवा आश्रमलाई यो सहयोग गरेसंगै सद्वाव युवा समाजले यस संस्थाको आजीवन सदस्यता प्राप्त गरेको छ| मानव सेवाको काम गर्ने पाउनु गर्वको कुरा भएको समेत गुरुङ बताउनुहुन्छ|
उक्त्त संस्थाले यहि मंसिर २० गते चितवनको गितानागरमा बृहत रक्तदान कार्यक्रको समेत आयोजना गरेको थियो|गीतानगर जेसिस र नेपाल रेडक्रस सोसाइटी गीतानगर र गीतानगर बजार ब्यबस्थापन समितिको संयुत्त आयोजनामा भएको उक्त्त कार्यक्रमले यस क्षेत्रमा भएको रगत अभावलाई कम गर्न धेरै हदसम्म सहयोग गरेको सद्वाव युवा समाजका अध्यक्ष गुणनिधि घिमिरेले जानकारी दिनुभयो|