मंसिर २७, काठमाडौँ|
शंखरापुर नगरपालिकाको साँखुमा अवस्थित भगवती मा.बिको बिद्यालयमा व्यवस्थापन समितिको अध्यक्षमा पुन तेश्रो कार्यकालका लागि श्याम कुमार वाईबा चयन हुनुभएको छ|हिजो मंसिर २६ गते उक्त बिद्यालयमा भएको भेलाबाट वाईबा सहितको पदाधिकारीको टिम व्यवस्थापनमा चयन भएको हो|उक्त भेलाबाट अध्यक्षमा श्याम कुमार वाईबा तथा सदस्यमा ओम कार्की, गीता दाहाल, रमिता श्रेष्ठ,कन्चन बहादुर श्रेष्ठ र लक्ष्मी शाही चयन हुनुभएको हो|
शंखरापुरका सामुदायिक बिद्यालयमा खस्कदो शैक्षिक गुणस्तरका बीच उत्कृष्ट नतिजा ल्याउन सफल यस बिद्यालयलाई शंखरापुरकै राम्रो मध्येको मानिन्छ| यस बिधालयमा अमेरिकी सहयोग संस्था (USAID) को करिव २१ करोड रुपैया आर्थिक सहयोगमा ३३ कोठे अत्याधुनिक भूकम्प प्रतिरोधी भवन निर्माणको काम समेत अन्तिम चरणमा छ| हाल निर्माण भैरहेका ३ वटा बल्कमध्ये १ वटा आधारभूत १ सभाहल तथा १ माध्यामिक ब्लक रहने सोहि बिद्यालयमा प्रधानाध्यापक अनुप श्रेष्ठ बताउनुहुन्छ|हाल ४ सय ५० बिधार्थी अध्ययनरत यस बिद्यालयले कोरोना महामारिबिच समेत अनलाइन विधिबाट कक्षा संचालन गर्दै आइरहेको छ| अध्यक्ष वाइबाले समुदायखबरलाई छोटो प्रतिक्रिया दिदै भवनको काम सम्पन्न गर्नु र बिधालयको शैक्षिक गुणस्तरमा आफ्नो टिम यसका लागि साबि सहयोग लिएर अगाडी बढेको बताउनुभयो|