माघ ३, काठमाडौँ |
नेपाली काँग्रेस शंखरापुर नगर समितिको आयोजनामा आज शंखरापुर नगरपालिकाको महादेवस्थानमा बिरोध कार्यक्रम सम्पन्न भएको छ| सरकारले गत पुष ५ गते गरेको संसद बिघटन बिरुद्द विभिन्न चरणको आन्दोलन गर्दै आएको नेपाली काँग्रेसले आज काठमाडौँ जिल्लाको शंखरापुरमा आज सो कार्यक्रमको आयोजना गरेको हो|
नपाली काँग्रेस शंखरापुर नगर सभापति राजुभाई मानन्धरको सभापतित्व रहेको उक्त्त कार्यक्रमा प्रमुख अतिथिको रुपमा संबिधान सभा सदस्य दिपक प्रसाद कुइकेल तथा अतिथिको रुपमा नेपाली काँग्रेस महासमिति सदस्य लोकेश ढकाल, जिल्ला सचिव शंकर मल्ल ठकुरी,क्षेत्रीय सभापति उपेन्द्र कार्की तथा विभिन्न जनबर्गीय संगठनका पदाधिकारीको उपस्थिति रहेको थियो|उक्त कार्यक्रमको संचालन नेपालि काँग्रेस शंखरापुर् नगर सचिव सत्यमान लामाले गर्नुभएको थियो | बिहान १२.३० मा शुरु भएको उक्त्त बिरोध कार्यक्रममा बोल्ने अधिकांश बक्ताले संसद बिघठन असंबैधानिक भएको भन्दै तत्काल संसद पुनर्स्थापना हुनुपर्ने माग गरेका थिए| शंखरापुर नगरपालिकामा मतदाताको हिसावले नेकपा नफुट्दा नेपाली काँग्रेस दोश्रो ठुलो राजनितिक शक्तिको रुपमा रहेको छ|
संखारापुर नगर सचिब सत्यमान लामा नभई स्वयम्भु लाल श्रेष्ठ हुनुहुन्छ ! गल्ति भएछ जस्तो छ समाचार सम्प्रेसन हुदा! जय नेपाल!