फागुन १४, काठमाडौँ|
शंखरापुर नगरपालिका वडा नं १ स्थित चापाबोट मा. बि को ४० औ वार्षिकोत्सव तथा स्मारिका बिमोचन कार्यक्रम सम्पन्न भएको छ| बिधालयको इतिहासमै पहिलो पटक प्रकाशन गरेको “अंकुर” नामक स्मारिकाको शंखरापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठको बिमोचन गर्नुभएको हो। चाँपाबोट मा. बि व्यवस्थापन समितिका अध्यक्ष पूर्णमान लामाको अध्यक्षतामा सम्पन्न उक्त्त कार्यक्रमको संचालन सोहि बिधालयका शिक्षक सानुकान्छा तामाङले गर्नुभएको थियो।
शंखरापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठलाई प्रमुख अतिथिको रुपमा बोलाईएको थियो| साथै उक्त कार्यक्रममा शंखरापुर नगरपालिकाकाको उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठ, बिशेष अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो|अन्य अतिथिहरुमा जिल्ला शिक्षा समन्वय इकाई प्रमुख नन्दलाल पौडेल समेत उपस्थिति थियो| त्यसैगरी शंखरापुर नगर शिक्षा इकाई प्रमुख बौद्धराज निरौला बिधालयका पूर्व प्रधानाध्यापक, पूर्व बिधालय व्यवस्थापन समितिका पदाधिकारि जनप्रतिनिधि पूर्व बिद्यार्थी,स्थानीय समाजसेवी तथा अभिभावकहरुको बाक्लो उपस्थिति थियो|
बि.स २०३८ सालमा स्थापना भएको चापाबोट माध्यामिक बिधालय यस क्षेत्रकै अग्रणी मध्यको एक हो| विभिन्न रास्ट्रीय तथा स्थानिय कलाकारहरुको सांस्कृतिक प्रस्तुति समेत रहेको सो कार्यक्रममा उक्त बिधालयका बिधार्थीहरुले समेत आफ्नो प्रस्तुति दिएका थिए| सो अवसरमा बिधालयका संस्थापक अध्यक्ष जदुनाथ श्रेष्ठ,विधालयका पुर्वप्रअहरु,कृष्ण प्रसाद नेपाल, डोल प्रसाद लामिछाने, भरतमणि ढुंगाना, भानुचन्द्र जोशी तथा गोपीनाथ श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो।सो अवसरमा बिधालयको अक्षयकोष निर्माणका लागि पुर्व शिक्षक दयालक्ष्मी श्रेष्ठले एक लाख ५१ को चेक सोहि विधालयका प्रधानाध्यापक विष्णुलाल कट्टवालालाई हस्तान्तरण गर्नु भएको थियो|त्यसैगरी उक्त विधालयका पुर्ब बिधार्थी मणिराज ढकालले समेत बिधालयलाई आर्थिक सहयोग गर्नुभएको थियो|शंखरापुर नगरपालिकाका प्रमुख सुबर्ण श्रेष्ठले यस बिधालयको शैक्षिक गुणस्तर सुधार गर्न नगरपालिकाले सधै सहयोग गर्ने बताउनुभयो।
यो कार्यक्रमका लागि पूर्व बिधार्थीहरुले सारथिक सहयोग संकलनको अभियाननै चलाएका थिए |सो कार्यक्रममा विभिन्न क्षेत्रका करिव ५०० जनाभन्दा बढिको उपस्थिती थियो।