चैत्र १८ काठमाडौँ|

नेकपा( एमाले) शंखरापुर नगर कमिटिको आयोजनामा यहि चैत्र १९ गते बिहान ११ बजे कार्यकर्ता भेला गर्न लागिएको  नेकपा (एमाले)शंखरापुर नगर कमिटिका अध्यक्ष शंकरमान श्रेष्ठले बताउनुभएको छ| तत्कालिन नेकपा एमालेको नगर अधिवेशनबाट अध्यक्षमा शंकरमान श्रेष्ठ, उपाध्यक्षमा सुधा सुबेदी,सचिवमा सुमन श्रेष्ठ तथा उपसचिवमा रबिन श्रेष्ठ लगायतका पदाधिकारी निर्वाचित भएका थिए|

तत्कालिन २०७४ सालको स्थानीय तथा संघीय निर्बाचनमा काठमाडौँ जिल्ला कमिटीले जिल्ला कमिटि सदस्यद्वय सृजन शर्मा तथा एल .पी श्रेष्ठलाई शंखरापुर नगरकमिटिको इन्चार्ज तथा सहइन्चार्ज तोकेको थियो|नेकपा (एमाले) शंखरापुर नगर कमिटि सर्बोच्च अदालतको फागुन २३ को फैसलाअनुसार चल्नु पर्ने र तत्काल यो बैधानिक कमिटि बाहेक अरुलाई बैठक बोलाउने अधिकार नभएको शंखरापुर नगर कमिटिका सदस्य अमृत प्रसाद दंगाल बताउछन| साथै नेकपा (एमाले) शंखरापुर नगर कमिटि अध्यक्ष शंकरमान श्रेष्ठले भोलिको कार्यक्रम  निर्बाचित कमिटिको आयोजनामा हुन गैरहेकाले शंखरापुर नगरपालिका नेकपा एमालेका सबै नेता कार्यकर्तालाई उपस्थितिका लागि अनुरोध समेत गरेका छन्|

शंखरापुरको प्रमुख प्रशासकिय अधिकृतमा न्यौपाने

शंखरापुर १, भारेगाउँमा आगलागी हुँदा गाई र बाख्रा मरे