शंखरापुर नगरपालिका वडा नं ३को स्वास्थ्यचौकी भवनको शिलान्यास भएको छ।  सो भवन शंखरापुर नगरपालिका वडा नं ३ को जहरसिंहपौवामा बन्न लागेको छ।करिव २ करोड ५ ० लाख  रुपैया लागतम बन्न लागेको सो भवन सम्झौता गरेको १४ महिना सम्पन्न हुने निर्माण ब्यवसायी नारायण प्रसाद गौतमले समुदायखबरलाई बताउनुभयो। सो भवनको निर्माणको जिम्मा शिवालय प्रशान्त जेभिले पाएको छ । आफुले जिम्मा पाएको यस भवनलाई समयमै सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको समेत सो अवसरमा निर्माण ब्यवसायीले बताउनुभयो।

शंखरापुर नगरपालिका वडा नं ३ का वडाअध्यक्ष सन्त बहादुर वाईबाले आफ्नो कार्यकालमा कालिका शरण मा.बि बिधालय भवन सम्पन्न गर्नुभएको छ भने ३ नं वडा कार्यालयको भवन निर्माण अन्तिम चरणमा रहेको छ। हाल कालिका शरण माबिले उपलब्ध गराएको पुरानो भवन मर्मत गरेर हाल सेवा प्रदान गरिरहेको लप्सेफेदी स्वास्थ्यचौकिले यो भवन निर्माण गरेसङ्गै यहाँका जनतालाई पहिलेभन्दा थप स्वाथ्यसेवा प्रदान गर्न सकिने शंखरापुर नगर स्वाथ्य शाखाका अरुण गिरिले जानकारी दिनुभयो।सो कार्यक्रममा शंखरापुर नगर प्रमुख सुबर्ण श्रेष्ठ, उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठ, शंखरापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपाने, नगर स्वाथ्य शाखाका प्रमुख बिष्णु प्रसाद चापागाईं, स्वाथ्य स्यंमसेविकाहरु, वडा नं ३का अध्यक्ष सन्त बहादुर वाईबा, वडा सदस्यहरु कर्म बल तामाङ्ग तथा षड कुमार खतिवडा तथा वडा नं १का सदस्य वीर बहादुर वाइबाको उपस्थिती थियो। त्यसैगरी सो कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि तथा समाजसेविहरुको उपस्थिति थियो।

 

सो अवसरमा आफ्नो संक्षिप्त भनाई राख्नुहुदै शंखरापुर नगर उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठले भौतिक निर्माण संगै वडा नं ३ ले बिकास र समृद्दीमा अगाडि बढेको बताउनुभयो।सो अवसरमा आफ्नो भनाई राख्नुहुदै नगर प्रमुख सुबर्ण श्रेष्ठले यो भवन निर्माण समयमै सम्पन्न हुनेमा आफू बिश्वस्त रहेको बताउनुभयो।

नेपाली काङ्ग्रेसले शंखरापुरका ७ वडामा चुन्यो नेतृत्व

शंखरापुर नगरपालिका र लुम्बिनी बिश्वबिद्धालय बिच सम्झौतापत्रमा हस्ताक्षर