कार्तिक ८ ,काठमाडौ।

नेकपा एमालेले शंखरापुर नगरपालिकाको सबै वडामा नेतृत्व टुङ्याएको छ।हिजो सम्पन्न शंखरापुर नगरपालिकाको वडा अधिबेशनमार्फत सबै वडाको नेतृत्व सर्बसम्मत रुपमा टुङिएको हो।नेकपा एमाले शंखरापुर नगर अध्यक्ष रामकुमार तिवारीका अनुसार वडामा सर्बसम्मत रुपमा नेतृत्व टुङिएको र यहि कार्तिक ९ गते नगरको पनि अधिबेशन हुन गईरहेकाले र नगरमा पनि सकेसम्म सहमतिबाटै नेतृत्व टुङ्गिने बताउनुभयो।

 

 

यहि कार्तिक ६ गते सम्पन्न वडा अधिबेशनबाट वडा नं १ मा प्रकाश दंगाल, २ मा बिनोद दंगाल, ३ मा राजेन्द्र प्रसाद तिवारी र ४ मा सरस्वती घ्लानले नेतृत्व पाएका छ्न।त्यसैगरी वडा नं ५मा सुनिल पौडेल, ६ मा प्रेमकृष्ण श्रेष्ठ, ७ मा सुगन्धराम श्रेष्ठ, ८ मा देबकृष्ण के.सि र ९ मा भाईकाजी श्रेष्ठले नेतृत्व पाएका  छन। २०७४ सालको स्थानिय तहको निर्वाचनमा पहिलो शक्तिको रुपमा रहेको नेकपा एमालेले शंखरापुर मेयर, उपमेयर सहित ५ वडामा अध्यक्ष जितेको थियो। हाल नेकपा एमाले बिभाजित भइ नेकपा (एकीकृत समाजबादी) पार्टिमा तत्कालीन नेकपा (एमाले)को संगठनको ठूलो हिस्सा लागेकोले अबको निर्वाचनमा नेकपा (एमाले) लाई नगरमा आफ्नो अस्तित्व जोगाउन सजिलो छैन।

सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका उपाध्यक्षको निधन

यी हुन, शंखरापुर नगर (एमाले)का नवनिर्बाचित पदाधिकारी