नेकपा (एकीकृत समाजबादी) शंखरापुर नगर कमिटीको शुभकामना आदानप्रदान तथा कार्यालय उदघाटन कार्यक्रम सम्पन्न भएको छ।शंखरापुर नगरपालिकाको साँखु स्थित भक्ती बेम्बो कटेजमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथीको रुपमा नेकपा (एकीकृत समाजबादीका) पोलिट्ब्युरो सदस्य तथा लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष मेटमणी चौधरी हुनुहुन्थ्यो।
नेकपा (एकीकृत समाजबादी) शंखरापुर नगर कमिटिको आज बिहान ८ बजेबाट शंखरापुर नगरपालिकाको इन्द्रायणी चोकबाट शुरु भएको मोटरसाइकल र्याली सानागाउ- साँखु- जहरसिंहपौवा- नाङ्लेभारे- चाँपाबोट-कात्तिके- पालुबारी हुँदै साँखुको महादेबस्थानमा गई टुङिएको थियो। सो र्यालिमा करिव ५०० मोटरसाइकल रहेको मोटरसाईकल र्याली ब्यवस्थापनका कमाण्डर बालकृष्ण सिंले जानकारि दिनुभयो।
सो मोटरसाइकल र्यालिपश्चात् कार्यक्रमका प्रमुख अतिथी मेटमणी चौधरीले नेकपा एकीकृत समाजबादी शंखरापुर नगर कमिटीको कार्यालयको समेत उद्घाट्न गर्नुभएको थियो। नेकपा (एकीकृत समाजबादी)ले आफ्नो कार्यालय शंखरापुर नगरपालिकाको साँखुस्थित, महादेबस्थानमा स्थापना गरेको हो।
सो सुभकामना तथा नगर कमिटिको कार्यालय घोषणा कार्यक्रममा करिव १५०० जनाको सहभागिता रहेको नेकपा (एकीकृत समाजबादी) शंखरापुर नगर कमिटिका सचिव अमृत प्रसाद दंगालले बताउनुभयो।
२०७४ सालको स्थानीयतहको निर्वाचनमा शंखरापुर नगरपालिकाको ९ वडामध्ये ५ वडा अध्यक्ष र मेयर र उपमेयर जितेको एमालेलाई पार्टी बिभाजन सङ्गै बनेको नेकपा (एकीकृत समस्जबादी) यस नगरपालिकामा आगामी निर्वाचनमा ठुलै चुनौती दिने देखिन्छ।
पार्टी स्थापनाको छोटो समयमा नै शंखरापुर नगरपालिकाका सबै वडामा वडा कमिटीमार्फत संगठन बिस्तार गरिरहेको नेकपा एकीकृत समाजबादी यस नगरपालिकामा बलियो राजनैतिक शक्तिको रुपमा आकलन गर्ने सकिने कुराको पुष्टि आजको कार्यक्रमबाट पनि गर्न सकिन्छ।