कार्तिक २८, काठमाडौ।
सत्तारुढ दलका बिद्यार्थी संगठनले आज संयुक्त रुपमा रित्तो सिलिन्डर देखाएर आन्दोलन गरेका छन। आज काठमाडौंको प्रदर्शनीमार्ग स्थित आर आर क्याम्पस अगाडि कोणसभाको समेत आयोजना गरिएको थियो।केहिदिन अघिमात्र सरकारले पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको भाउ बढाएको थियो
नेकपा (एकीकृत समाजवादी)निकट अनेरास्ववियू,(माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी,समाजवादी बिद्यार्थी संगठन र बैधनिकट बिद्यार्थी संगठनको समेत उक्त कार्यक्रममा सहभागीता थियो।उक्त कार्यक्रममा अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, अखिल क्रान्तिकारीका अध्यक्ष पन्चा सिंह लगायतले संबोधन गरेका थिए।
उक्त बिरोध कार्यक्रममा बोल्दै अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलिले नेपाल आयल निगमका प्रमुखको राजिनामा माग्दै मुल्यवृद्धि तुरुन्त फिर्ता नलिए संयुक्त बिद्यार्थी संगठनले थप आन्दोलनको कार्यक्रमको घोषणा गर्ने समेत बताउनुभयो।