मंसिर ६,काठमाडौं।
नेकपा माओवादी केन्द्र शंखरापुर नगरपालिका वडा नं १ मा बाबुराम दंगालको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन भएको छ।संबिधानसभा सदस्य तथा नेकपा माओवादीका केन्द्रिय सदस्य झक्कु प्रसाद सुबेदीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमबाट उपाध्यक्षमा समर्पण दंगाल,सचिवमा उत्तम वाईबा,सहसचिवमा कृष्ण प्रसाद ढुङाना र कोषाध्यक्षमा यसोदा दंगाल चयन हुनुभएको हो।सो कार्यक्रममा नेकपा माओवादी केन्द्र, काठमाडौं जिल्ला कमिटी सचिवालय सदस्य रामप्रसाद खनाल, जिल्ला कमिटी सदस्य राजु दंगाल तथा नगर कमिटी अध्यक्ष निरज के. सिको उपस्थिति थियो।
मंसिर ६ गते सम्ममा सबै वडा कमिटी गठन भैसक्ने र मंसिर ११ गते नगर सम्मेलनको आयोजना गरिएको नेकपा माओवादी केन्द्र शंखरापुर नगर अध्यक्ष निरज के.सिले समुदायखबरलाई बताउनुभयो।