मंसिर ८, काठमाडौं।
नेपाली काङ्ग्रेसको १४ महाधिवेशन अन्तरगत हिजो सम्पन्न निर्वाचनबाट नेपाली काङ्ग्रेस काठमाडौं २ को क्षेत्रीय सभापतिमा देउबा पक्षका कवीर शर्माको प्यानल बिजयी भएको छ। कागेश्वोरी मनोहरा नगरपालिकाको मूलपानीमा हिजो सम्पन्न भएको चुनावमा शर्माको प्यानल बिजयी भएको हो। उनले सभापतिमा प्रकाशमान सिंह नजिकका अर्जुन पराजुलिलाई पराजित गरेका हुन।हिजो सम्पन्न चुनाबको आज मतगणना भई आज मतपरिणाम आज आएको थियो। क्षेत्रीय सचिवमा गणेश दुलाल, भिमसेन थापा र सहसचिवमा सुजन कुमार खडका बिजयी भएका हुन।
क्षेत्रीय सभापतिमा बिजयी शर्मा २०७४ सालको स्थानिय तहको चुनावमा कागेश्वोरि मनोहरा नगरपालिका वडा नं ६ मा तत्कालिन एमाले उम्मेदवार संग पराजित भएका थिए। काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं २ अन्तरगत काठमाडौंका शंखरापुर, कागेश्वोरी मनोहराको ५ वटा वडाहरु पर्दछन।नगरपालिका र काठमाडौं महामगरपालिकाका दुई वडा ३२ र ९ पर्दछन।भर्खरै सम्पन्न पलिका अधिबेशनमा शंखरापुरमा संस्थापनइतरका दिलिप कुमार श्रेष्ठ र कागेश्वोरी मनोहरामा संस्थापन पक्षका उद्द्व दाहाल बिजयी भएका थिए।यस निर्वाचन क्षेत्रमा तत्कालीन एमाले बिभाजन अगाडि पहिलो र नेपाली काङ्ग्रेस दोश्रो राजनीतिक शक्तिको रुपमा रहेकोमा हाल एमाले बिभाजनपछि काङ्ग्रेस पहिलो शक्ति बन्ने दौडमा छ।