काठमाडौं, पुस १५ ।
भोलि पुस १६ गते नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जागरण परिषद नेपालबीच पार्टी एकीकरण घोषणा कार्यक्रम हुने भएको छ|भोली (शुक्रबार) दुई पार्टीबिच एकीकरणको घोषणा हुने एकीकृत समाजवादीका नेता नितेश पौडेलले बताउनुभयो|साध्यबहादुर भण्डारी अध्यक्ष रहेको परिषद राष्ट्रिय जनमोर्चाबाट बिभाजन भएको गठन भएको पार्टी हो।यसअघि एकीकृत समाजवादी र नेकपा जनवादी पार्टीबीच पुस १३ गते पार्टी एकता भएको थियो । अहिले बिभिन्न पार्टी परित्याग गरी दिनहु ठुलो संख्यामा नेता तथा कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) पार्टीमा आउनेको लहर चलिरहेको छ|
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले एमाले परित्याग गरेर एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नका लागि केही नेताहरु छलफलमा रहेको बताएका छन् ।केहिदिन अघिमात्र सिन्धुपाल्चोक एमाले नेता सुभास कर्माचार्य तथा आजमात्र सुनासरीका एमाले नेता तथा पूर्व संबिधानसभा सदस्य धर्मराज निरौलाले पार्टी परित्याग गर्नुभएको छ|