काठमाडौँ, वैशाख (रासस) :

यही वैशाख ३० गते हुन लागेको स्थानीय चुनावका लागि काठमाडौँका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा र प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले आज राष्ट्रियसभा गृहमा कार्यालयको उद्घाटन गर्नुभएको हो । मुख्य निर्वाचन अधिकृत खतिवडाले आजदेखि स्थानीय निर्वाचन, २०७९ का कार्यक्रम औपचारिकरूपमा सुरु भएको प्रतिक्रिया दिनुभयो । यहाँ कार्यालयबाट काठमाडौँ महानगरपालिकाको निर्वाचन कार्यक्रम सञ्चालन हुनेछन् ।

निर्वाचन तालिकाअनुसार यही वैशाख ११ गते बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म र १२ गते बिहान १० बजेदेखि साँझ ६ बजेसम्म उम्मेद्वारहरुको मनोनयन दर्ता हुनेछ । वैशाख १४ गतेदेखि १५ गते ५ बजेसम्म मनोनयन पत्र जाँच गर्ने र उजुरी उपर जाँचबुझ गरी निर्णय गरिनेछ । वैशाख १५ गते अपराह्न ५ बजेदेखि ६ बजेसम्ममा मनोनयन भएका उम्मेद्वारको नामावली प्रकाशन गरिनेछ ।

वैशाख १६ गते बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेद्वारलाई नाम फिर्ता लिने समय तोकिएको छ । त्यसैदिन ५ बजेदेखि ६ बजेसम्ममा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिनेछ । वैशाख १७ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेद्वारलाई चुनाव चिह्न प्रदान गरिनेछ । वैशाख ३० गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान कार्यक्रम हुनेछ ।

एमाले सचिवालय बैठक सम्पन्न, महानगर तथा उपमहानगरको उम्मेद्वारबारे शनिबार निर्णय गर्ने

एसइई परीक्षाको सबै तयारी पूरा