चैत १० काठमाडौं।
धुलिखेल नगर प्रमुख तथा नेपाल नगरपालिका महासंघका अध्यक्ष अशोक कुमार ब्यान्जु सवार गाडिले ठक्कर दिदा शंखरापुर २ का वडाअध्यक्ष जीवन लामा गम्भीर घाईते भएका छन्।मेयर ब्यान्जुको गाडिले ठक्कर दिँदा वडा अध्यक्ष लामा गम्भीर घाईते भई धुलिखेल नगर अस्पतालमा उनको उपचार भैरहेको छ।उनी तत्कालीन नेकपा एमालेवाट निर्वाचित भएतापनी पछि नेकपा एकीकृत समाजवादी मार्फत सनाखत गरेका थिए। समुदाय खबर डट कम वडाअध्यक्ष लामाप्रती सिघ्र स्वास्थ लाभको कामना व्यक्त गर्दछ।बनेपाबाट धुलिखेल जाँदै गरेको बा ७ च ६२५४ नंबरको कारले ठक्कर दिँदा बा २ प ६४०१ नम्बरको गाडिलाई ठक्कर दिदा उक्त दुर्घटना भएको थियो।