जेठ २३ काठमाडौं ।
ज्योति विकास बैंकले काठमाडौंको शंखरापुर नगरपालिकाको जहर्सिंपौवामा साँखु शाखाअन्तर्गतको विस्तारित काउन्टरको उद्घाटन गरेको छ ।
आज एक कार्यक्रमका बिच शो शाखाको उदघाटन शंखरापुर नगरपालिका वडा नं ३ का नवनिर्वाचित वडाअध्यक्ष सूर्यबहादुर तामाङ र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरेका हुन् ।
विस्तारित काउन्टर उद्घाटनको अवसरमा बैंकले जर्सिङपौवा विस्तारित काउन्टरका ग्राहकहरूका निमित्त विभिन्न सेवा सुबिधाहरु ल्याएको छ।नेपाल एसबिआई बैकले यसअघिनै यहाँ शाखारहित बैकिङ काउन्टर संचालन गरिसकेको छ।