साउन २२ काठमाडौं ।
काठमाडौं बिश्वबिद्धालय र नेपाल पर्यटन तथा होटल वयस्थापन प्रतिस्ठान (नाथम) विच आज शैक्षिक कार्यक्रम संचालन गर्ने बिषयमा सहमतीपत्रमा हस्ताक्षर भएको छ।  नेपाल सरकार संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री जिवनराम श्रेष्ठ र काठमाडौं बिश्वबिद्धालयका प्रतिनिधिको उपस्थितिमा सो  सम्झौतापत्रमा हस्ताक्षर भएको हो।सो सहमतीपत्रमा  बजारमा आवश्यक पर्ने प्रशिक्षित जनशक्ति तयार गर्न नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका शाखाहरु अव सवै प्रदेशमा विस्तार हुने उल्लेख गरिएको छ।

दुई संस्थाबीच भएको सहकार्यको समझदारीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ उचाईमा पुर्याउने,उच्च शिक्षामा पनि नयाँ आयाम थप्ने र  यसले पर्यटन क्षेत्रलाई दक्ष र गुणस्तरीय जनशक्ति सुनिश्चितता गर्ने बताइएको छ।सरकारले मुलुकको आर्थिक समृद्धिको आधारहरुमध्ये पर्यटनलाई महत्वपूर्ण आधार मानेको छ।

सो सम्झौताले काठमाडौँ उपत्यकाबाहिर होटल व्यवस्थापन र पर्यटन सम्वन्धि उच्च शिक्षाको अवसर विस्तारले पर्यटनको प्रचुर सम्भावना भएको हाम्रो देशमा पर्यटनको विकास गर्न, पर्यटकीय सम्भावनाको खोजी गर्न, पर्यटकीय सेवाको विकास र पर्यटकमैत्री संस्कृतिको लागि महत्वपुर्ण भुमिका खेल्ने बिश्वाश गरिएको छ।

 

चुनावी तालमेल गरेर अघि बढ्ने सत्ता गठबन्धनको निर्णय

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कोरोना संक्रमण