साउन ३०, काठमाडौं।
शंखरापुर नगरपालिकाले साँखु बजारमा संकलन गरेको फोहोर जहरसिंपौवाको सामुदायिक बनमा निर्माणाधीन गणेशमान स्मृती पार्कमा फालेपछि स्थानियले बिरोध गरेका छन्।शंखरापुर नगरपालिकाको जहरसिंपौवा स्थित गणेशमान स्मृती पार्कको भर्खरै  लागाएको कम्पाउण्ड भित्र सो फोहोर फालिएको हो।सो पार्कमा भर्खरै मात्र कम्पाउण्ड वाल  लागाईएको थियो। बागमती प्रदेश सरकार संस्कृती तथा पर्यटन मन्त्रालयले आ.ब २०७९/८० का लागि बहुबर्षे ठेक्काबाट सो पार्कमा यस बर्षका लागि  ८ करोड रुपैया समेत बिनियोजन गरेको थियो।

आज दिउँसो ४बजे शंखरापुर नगरपालिकाबाट फोहोर बोकेको  गाडी  शंखरापुर नगरपालिका वडा नं ३ को जहरसिंपौवामा फोहोर फाल्दै गर्दा  स्थानियले पक्रेका थिए।सोहि क्रममा स्थानियले तत्कालै शंखरापुर नगर प्रमुख रमेश नापितलाई समेत उक्त ठाँउमा बोलाएर  फोहोर फालेको बिषयमा बिरोध गरेका थिए।

सो फोहोर फालेको ठाँउ स्थानिय बासिको खानेपानीको मुहान भएको र त्यहाँ फोहोर फाल्दा मानव स्वास्थ्यमा समेत गम्भीर असर पर्ने भएकाले सोको बिरोध गरिएको स्थानिय युवा दिनेश तिवारीले जानकारी दिनुभयो।

स्थानियको व्यापक बिरोधपछी शंखरापुर नगर प्रमुख रमेश नापित,प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम,शंखरापुर नगरपालिका वडा नं ६ का अध्यक्ष तथा नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठ, प्राबिधिक शाखा प्रमुख मिलन फुयाल तथा शंखरापुर ३ का वडा अध्यक्ष सुर्य बहादुर तामाङ्को रोहवरमा  फालिएको फोहोर पुनः संकलन गरी नगरपालिका फिर्ता  पठाईएको र आगामी दिनमा सो ठाँउमा नफाल्ने सहमती भएको वडाअध्यक्ष तामाङले जानकारी दिनुभयो।

लामो समय पिकनिक स्पटको रुपमा रहेको सो ठाँउमा फोहोर ब्वस्थापन र खानेपानिको मुहान क्षेत्र भएकै कारण रोकिएको थियो।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कोरोना संक्रमण

यी हुन नेकपा एमालबाट काठमाडौं २ प्रदेश (ख) का दाबेदार।