भदौ १, काठमाडौं।
आगामी मंसिर ४ गते हुन गैरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं २(ख)मा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाट प्रदेश सभामा मुख्यत यी ३ नेता उम्मेदवारका रुपमा  चर्चामा छन्।प्रदेश सभाको यस निर्वाचन क्षेत्रमा नेकपा एमालेको मत १० हजार छ भने गठबन्धन २० हजार ५ सय मतका साथ अगाडी छ।

सुबर्ण श्रेष्ठ
नेकपा एमाले बाग्मती प्रदेश कमिटी सदस्य श्रेष्ठ शंखरापुर नगरपालिका पूर्व मेयर  हुन्।करिव ३ कार्यकाल काठमाडौं क्षेत्र २को क्षेत्रीय अध्यक्षको रुपमा काम गरिसकेका श्रेष्ठ स्थानिय तहको निर्वाचनमा समेत प्रमुख पदका दाबेदार थिए तर अन्तिम समयमा पार्टिले उनलाई टिकट दिएन। आफ्नो ५ बर्षे कार्यकालमा शंखरापुर नगरपालिका सफल मेयरको पहिचान बनाएका उनले टिकट पाएको खण्डमा स्थानीय तहको चुनाव  जित्ने सम्भावना रहेको एमालेका नेता कार्यकर्ता बताउँछन्।आगामी  प्रतिनिधि सभाको निर्वाचनमा उनी प्रदेश सभाका(ख)मा  प्रमुख दाबेदार छन्।

बुद्दभक्त चित्रकार
माधव कुमार नेपालको प्रधानमन्त्री कालमा उहाँको  सचिवालयमा काम गरेका नेता बुद्धभक्त चित्रकार नेकपा एमालेका पुराना मध्येका नेता हुन।उनी  पनि मंसिर ४ मा हुन गैरहेको  प्रतिनिधी तथा प्रदेश चुनावको प्रदेश (ख)मा दावेदार हुन।शंखरापुरको साँखुमा स्थाई बसोबास गर्ने चित्रकार नेकपा फुटुनुअघि माधव नेपाल खेमामा थिए।नेकपा एमाले बिभाजनका बेला पार्टिले उनलाई केन्द्रीय सदस्य समेत मनोनयन गरेको थियो।लामो समयदेखी नेकपा एमालेको राजनितीमा सक्रिय उनी हालसम्म कुनै पनि पदमा उम्मेदवार भएका छैनन्।यसपटक पार्टिले टिकट दिएमा आफुले बिजय हुने उनले बताए।उनी हाल नेकपा एमालेको बागमती प्रदेश कमिटिमा छन्।

महेन्द्रलाल श्रेष्ठ
नेकपा एमालेको काठमाडौ जिल्ला कमिटी सदस्य रहेका महेन्द्रलाल श्रेष्ठ पनि हालसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार भएका छैनन् त्यसैले उनी मंसिर ४ को निर्वाचनमा पार्टिले टिकट दिए प्रदेश सभामा उठ्न चाहन्छन।उनी पनि लामो समय नेकपा एमालेको सक्रिय राजनिती गर्ने नेतृत्वमा पर्दछन्।काठमाडौं क्षेत्र नं २ को विभिन्न निर्वाचनमा प्रचार प्रसार प्रमुखको रुपमा चुनाव हाँकेका श्रेष्ठले विभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध छन्।

काठमाडौं निर्वाचन क्षेत्र नं २ मा काठमाडौंको शंखरापुर नगरपालिकाका ९ वटा वडाहरु,कागेश्वोरी मनोहरा नगरका वडा नं ४,५,६,७,८,९ र काठमाडौं महानगरका ३२ र ९ नं वडा पर्दछन।२०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बिजय भएका थिए भने प्रदेश सभामा सानू कुमार श्रेष्ठ र मणिराम फुयाल बिजय भएका थिए।काठमाडौं निर्वाचन क्षेत्र नं २ को (ख) मा शंखरापुर नगरपालिका र कागेश्वोरी मनोहराको ४,५,६,७,८,९ वडा पर्दछन।

शंखरापुर नगरपालिकाले जहरसिंपौवामा फोहोर फालेपछि स्थानियद्वारा बिरोध

नेकपा (एकीकृत समाजवादी) काठमाडौं अध्यक्षमा श्रेष्ठ र सचीवमा न्यौपाने चयन