भदौ १० काठमाडौं
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको निर्वाचन क्षेत्र, काठमाडौं २ को साँखु भोटेचौर सडक कालोपत्र गर्न १२ करोड रुपैयाँ बिनियोजन भएको छ।
डिभिजन सडक कार्यालय काठमाडौंले सो सडक खण्डको फेदि खोलादेखी सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाको भोटेचौरको सिमानासम्म सडक कालोपत्र गर्न आज ठेक्का आह्वान गरेको हो। करिव ८ महिनामा काम सम्पन्न हुने गरि ठेक्का लागेको डिभिजन सडक काठमाडौंका प्राबिधिक तुलाकान्त चौधरीले बताउनुभयो।
२०६५ सालमा माधव कुमार नेपाल प्रधानमन्त्री हुँदा काठमाडौंको दक्षिणढोकादेखि सिन्धुपाल्चोकको काउलेदोभान सम्मको यो सडक करिव ५८ करोड लागानिमा ओटासिल पिच भएको थियो। अत्यन्तै जिर्ण अवस्थामा रहेको सो सडक मर्मतका लागी हालसम्म यति ठूलो रकम बिनियोजन भएको थिएन।सो सडक विश्व बैंकको आर्थिक सहयोगमा बन्न लागेको हो।यो सडक निर्माणका लागि डिभिजन सडक काठमाडौका प्रमुख इन्जिनियर नारायण प्रसाद निहुरे,बरिस्ठ प्राबिधिक तुलाकान्त चौधरी,प्राबिधिकद्वय धनदेव जोशी र हरिहर गौतम निरन्तर लाग्नु भएको थियो।
नेकपा एकीकृत समाजवादीका बागमती प्रदेश कमिटी सदस्य तथा युवासंघका उपाध्यक्ष नितेश पौडेल तथा स्थानियका तर्फबाट युवा नेता एल.पि श्रेष्ठ अमृत प्रसाद दंगाल,कृष्ण बहादुर गुरुङ तथा वडा नं ३ का निवर्तमान वडा अध्यक्ष सन्त बहादुर वाईबा र वडा सदस्यद्वय कर्म बल र षडकुमार खतिवडा समेत निरन्तर लाग्नुभएको थियो।
यो सडक निर्माण भएसङै अब सिन्धुपाल्चोकका विभिन्न स्थानियबाट यात्रा गर्ने महानुभावलाई सहज हुने स्थानिय पर्यटन ब्यवसायी तथा नेकपा एकीकृत समाजवादीका नेता रत्न लामा बताउनुभयो।