माघ ८ काठमाडौं।

२०७९ सालको सोनाम ल्होछारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि तथा प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
आजको दिनलाई खास गरि तामाङ समुदायले विशेष पराम्परागत साथै सांस्कृतिक महत्वका साथ मनाउने गर्छन । तामाङ समुदायमा यस ल्होछारको अवसरमा आफ्नो कुल पुजा गर्ने, प्रकृति पुजा गर्ने र एक आपसमा भेला भई खुशी बाड्ने चलन रहेको छ ।
नेपालीहरुले देश विदेशमा मनाउने यस्ता पर्वले आपसी सदभाव, मेलमिलाप तथा बन्धुत्वको भावना विकास हुनुका साथै हाम्रा मौलिक परम्परा, संस्कार र संस्कृतिको संरक्षण तथा संवद्धन पनि हुन्छ । त्यसैले यी चाड पर्वहरुको सन्दर्भमा म सम्पूर्ण नेपाली जन समुदायलाई अझ बढी अग्रगति, प्रगति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

२०७९ माघ ८ गते

झलनाथ खनाल
पूर्वप्रधानमन्त्री
तथा
सम्मानित नेता, (एकिकृत समाजवादी)

साँस्कृतिक परम्परा समाज र रास्ट्रको पहिचान हो- पूर्व प्रधानमन्त्री नेपाल

शारदा मावि पटापको ६७औं बार्षिक उत्सव सम्पन्न