“निशुल्क शिक्षा, स्वास्थ्य र पुर्ण रोजगार , समृद्धिको आधार!
गुणस्तरिय शिक्षा ,गतिशिल संगठन र स्वबियु निर्वाचन हाम्रो सरोकार ,भन्ने मुल नारा का साथ यहि फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुन गईरहेको अनेरास्वबियुको २३ औ रास्ट्रिय महाधिबेशनमा सिन्धुपाल्चोकका हिरा चौलागाईले सचिवमा उम्मेदवारी दिने भएका हुन।
लामो समयदेखि बिद्यार्थी राजनितिमा सक्रिय एमाले सिन्धुपाल्चोकको भुगोलको राजनितिमा समेत उतिकै सक्रीय छन्। २०६३ सालमा सिन्धुपाल्चोक जिल्लाको जालपा मा बि बाहुनिपाटी प्राकबाट अनेरास्ववियुको राजनितीक यात्रा शुरु गरेका चौँलागाई अनेरास्ववियुको क्षेत्रीय अध्यक्ष हुँदै २०७२ सालमा अनेरास्ववियुको जिल्ला अध्यक्ष भएका थिए।हाल उनी अनेरास्ववियुको केन्द्रिय कमिटी सचिवालय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज छन्।
अनेरास्ववियु संगठन भित्र देखा परेको सागठनिक अराजकता र शैक्षिक क्षेत्र मा देखा परेको विकृति लाई सुधार गर्ने मुख्य प्रतिबद्धता रहेको उहाले बताउनु भयो ।