माघ १६ काठमाडौं।
निर्वाचन आयोगले रास्ट्रपतिको निर्वाचन आगामी माघ २५ गते बुधबार हुने भएको हो।प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आज सो कुराको जानकारी दिनुभएको हो।
त्यसैगरी उपराष्टपतिको निर्वाचन फागुन ५ गते शुक्रबार हुन गैरहेको हो।हालको सत्ता गठबन्धनले रास्ट्रपति एमालेलाई र उपराष्ट्रपति माओवादीलाई दिने सहमती गरेको छ।यद्यपि माओवादीका केही नेताले भने रास्ट्रपति रास्ट्रीय सहमतिका आधारमा चयन गर्नुपर्ने बताउदै आएका छन।
निर्वाचन आयोगले आजै सो निर्वाचनको कार्यतालिका सार्वजनिक गर्दै छ।