माघ १७ काठमाडौं
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रमुख राजनितिक सल्लाहकारका माओवादी नेता डि पि ढकाल नियुक्त भएका हुन। आज बसेको बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले सो निर्णय गरेको हो।भक्तपुरको कमलबिनायक निवासी ढकाल माओवादी भित्र बौद्धिक नेताको रुपमा चिनिन्छन।
उनी २०७४ सालको उपनिर्वाचनमा भक्तपुरको प्रदेश सभाको उम्मेदवार समेत बनेका थिए।उनी पूर्व अर्थमन्त्री बर्षमान पुनको स्वकिय सचिव समेत हुन।