फागुन २ काठमाडौं।

नेकपा (एस) निकट विद्यार्थी संगठन अनेरास्ववियूले स्ववियु निर्वाचनमा कम्तीमा ३३ प्रतिशत र अनिवार्य ५० प्रतिशत महिला सहभागिता माग गरेको छ । अनेरास्ववियू महासचिव आरती लामा नेतृत्वको टोलिले विद्यार्थी कल्याण तथा खेलकुद महानिर्देशनालयका प्रमुख प्रा. पशुपति अधिकारीलाई उक्त कुरा माग गर्दै ज्ञापन-पत्र बुझाएको हो । ज्ञापनपत्रमा भनिएको छ नेपालको संविधान २०७२ ले हरेक क्षेत्रमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरेको वर्तमान समयमा स्ववियु निर्वाचनमा कम्तीमा ३३ प्रतिशत महिला सहभागी गराउनु संविधानको मुल मर्मलाई आत्मसात गर्नु हो । ज्ञापनपत्र बुझ्दै महानिर्देशनालयका प्रमुख प्रा अधिकारीले अनेरास्ववियूको उक्त माग प्रति त्रि वि सकारात्मक रहेको र नीतिनिर्माण कै तहमा उक्त मागलाई बिषय बनाएर उठाउने बताएको अनेरास्ववियूका प्रवक्ता मिलन राईले बताए ।

त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते आफ्ना आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन गराउने तयारी गरिरहेको छ ।

बागमती प्रदेशको मुख्यमन्त्रीको प्रमुख राजनितिक सल्लाहकारमा डिपी ढकाल नियुक्त

सत्ताधारी गठबन्धन कुन दिन भत्किन्छ थाहा छैन – माधवकुमार नेपाल