फागुन २६ काठमाडौं।
माओवादी निकट युवा संगठन योङ कम्युनिस्ट लिग नेपालले संबिधान र व्यवस्थामाथी अवाञ्छित कृयाकलाप बढेको भन्दै ज्ञापनपत्र बुझाएको छ।जिल्ला प्रशासन कार्यालय काठमाडौं मार्फत मन्त्रीपरिषद तथा प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएको वाईसियल काठमाडौं सचिव रुपेश दंगालले बताए।
वर्तमान प्राप्त उपलब्धी र व्यस्थामाथी खतरा बढेको भन्दै त्यसका विरुद्ध लडन वाईसीएल नेपाल सदा तयार रहेको भन्दै सो ज्ञापनपत्र बुझाईएको बताईएको छ।सो कार्यक्रममा माओवादीका केन्द्रिय सदस्य कुमार पौडेल,वाईसीएल काठमाडौं सचिव रुपेश दंगाल लगायतको सहभागीता थियो।