चैत २३ गते काठमाडौं, शंखरापुर
नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती भोलि चैत २३ गते पर्यटकिय नगरी शंखरापुर नगरपालिका वडा नं ३ जहर्सिंपौवा आउदैछ्न।शंखरापुर नगरपालिका वडा नं ३ को जहरसिंपौवामा निर्माण हुन गईरहेको पुरानो चैत्य(विश्व शान्ती झ्याङ्ज्यो छोर्तेन)को शिलान्यास कार्यक्रममा सहभागी हुन यहाँ आउन लागेका हुन।
बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयबाट बजेट बिनियोज भई निर्माण हुन लागेको निर्माण समितिका अध्यक्ष बासु वाईबाले जानकारी दिनुभयो।सो चैत्य निर्माणसङ्गै सो ठाँउमा बुद्ध पार्क तथा बुद्धको प्रतिमा समेत स्थापना गर्ने कार्यक्रम रहेको शंखरापुर नगरपालिका वडा नं ३ का पूर्व अध्यक्ष तथा समाजसेवी सन्त बहादुर वाईबाले जानकारी दिनुभयो।