चैत २५,काठमाडौं।
नेकपा (एकीकृत समाजवादी) काठमाडौं जिल्ला कमिटीको पूर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ।पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सम्पन्न उक्त बैठकको प्रमुख अतिथी पार्टी उपाध्यक्ष प्रमेश हमाल हुनुहुन्थ्यो।काठमाडौं जिल्ला कमिटी अध्यक्ष एल पि श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त बैठकको संचालन जिल्ला कमिटीका सचिव ध्रुबराज न्यौपानेले गरेका थिए।
त्यसैगरी बैठकमा पार्टीका स्थाई कमिटी,पोलिटब्युरो,केन्द्रिय तथा अन्य जिम्मेवार कमिटीका नेताहरुले मन्त्ब्य राखेका थिए।सो अवसरमा अघिल्लो बैठकबाट देशभरीका स्थानिय तहहरुमा पार्टीको संगठन सुदृढीकरण अभियानमा दिईएको जिम्मेवारीका बिषयमा नेताहरुले ब्रीफिङ समेत गरेका थिए।
सो अवसरमा पार्टिका पोलिट्ब्युरो सदस्य तथा काठमाडौं इन्चार्ज वसन्त प्रसाद मानन्धर,प्रदेश अध्यक्ष साबित्रा भुषाल लगायतले मन्तब्य राखेका थिए।साथै हिजोको बैठकबाट काठमाडौं जिल्ला कमिटीका कम्रेडहरुलाई काठमाडौंका विभिन्न पालिकामा संगठन निर्माणको जिम्मेवारी समेत दिएको जिल्ला अध्यक्ष एल पि श्रेष्ठले बताउनुभयो।